एपेक्स बैंक घोटाला काण्डमा मुछिएका ठेकेदार मनोज भेटवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भेटवाललाई आज बिहान नियन्त्रणमा लिएको हो ।
भारतमा बस्दै आएका भेटवालविरुद्ध ७५ लाख १० हजार रुपैयाँको चेक बाउन्समा उजुरी परेको थियो । २०७५ वैशाखमा भेटवाललाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बैंकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ठगी गरेको अभियोगमा नियन्त्रणा लिएको थियो ।
उनी प्रहरीको खोजी सुचिमा थिए । भेटवाललाई पक्रन प्रहरीले उच्च अदालत पाटनबाट अनुमति लिएको बताएको छ । उनी पुरानो बसपार्कमा बन्दै गरेको २१ तले भ्युटावरका ठेकेदार पनि हुन् ।





























प्रतिक्रिया