काठमाडौँ ।
गृह मन्त्रालयले विज्ञप्ती निकाल्दै होलीका दिनमा भेला हुने, लोलापानी हान्ने वा शरीरमा रङ तथा अबिर दल्ने जस्ता कार्य नगर्न सर्व साधारणमा अनुरोध गरेको छ ।
शनिबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै होलीमा विगतमा जस्तो लोलापानी हान्ने वा शरीरमा रङ तथा अबिर दल्ने जस्ता कार्य नगर्न अनुरोध गरेको हो । त्यस्ता कार्य गर्दा शरीरमा संक्रमण बढ्न सक्ने भएकाले सचेत रहन मन्त्रालयले अनुरोध गरेको छ।
सरकारले कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न यस अघि नै रोक लगाइसकेको अवस्थामा गृह मन्त्रालयले पनि अनुरोध गरेको हो । मन्त्रालयले कालोबजारी वा कृतिम अभाव गराइएको पाइए तत्काल सम्बन्धित निकायमा खबर गर्नसमेत आग्रह गरेको छ ।





























प्रतिक्रिया