अन्ततः तीन राप्रपाबीच एकता सहमति, तीनै जना अध्यक्ष

अन्ततः तीन राप्रपाबीच एकता सहमति, तीनै जना अध्यक्ष

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी संयुक्त अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पाटी (संयुक्त) बीच एकताको सहमति भएको छ ।

शनिबार राति तीन अध्यक्षबीच भएको सहमतिपछि एकता टुंगो लागेको हो । सहमति अनुसार एकतापछिको राप्रपामा तीनै जना अध्यक्ष रहने छन् ।

राप्रपा संयुक्तका प्रवक्ता जनकराज पाठकले अध्यक्ष त्रयबीचको शनिबार रातिको सहमतिपछि एकता टुंगो लागेको र सहमतिपत्रमा हस्ताक्षरसमेत भएको जानकारी दिए । ‘एकता टुंगो लाग्यो, अध्यक्ष त्रयबीच शनिबार राति सहमति पत्रमा हस्ताक्षर भयो, सम्भवतः बुधबार एकता घोषणा हुन्छ,’ पाठकले भने ।

यसअघि एकतापछिको दलमा अध्यक्ष कति जना रहने भन्नेमा कुरा नमिल्दा एकीकरणको सम्भावना टरेको थियो । शनिबार रातिको सहमति अनुसार हाल कायम रहेका तीनै वटा दलका निर्वाचन चिन्ह ६ महिनाका लागि स्थगन गरिएको छ । तर झण्डा भने थापा नेतृत्वले हाल प्रयोग गर्दै आइरहेको दलको नै राख्ने सहमति छ ।

यसैगरी दुबै दलको विधानलाई सामन्जस्य गरी एकीकृत विधान बनाउने सहमति दुई राप्रपाबीच बनेको छ । हालका लागि भने राप्रपाको विधानलाई अन्तरिम विधान मानिएको छ । ६ महिनाभित्र विधान कमिटीले विधान प्रस्ताव गर्नेछ । सहमति अनुसार डेढ वर्षभित्र एकीकृत पर्टीको महाधिवेशन गरिने छ ।

२०४७ सालमा गठन भएको राप्रपा यसबीचमा पटक–पटक फुट्दै र जुट्दै आएको छ । मुलुकमा गणतन्त्र स्थापना भएपछि समेत गणतान्त्रिक व्यवस्थालाई स्विकार्न आनाकानी गर्दै आएका दुवै दल पछिल्लो समय राजसंस्थालाई नै अंगीकार गर्न तयार भएका हुन् ।

राजसंस्थासहित हिन्दू राष्ट्र पुनर्स्थापनाको विषयलाई अहिले दुवै दलले आफ्नो मूल सिद्धान्त मान्दै आएका छन् । यही निकटतामा कुरा नमिलेका कारण उनीहरूबीच २६ साउन २०७५ मा पार्टी एकताको तयारी भए पनि अन्तिम समयमा विफल भएको थियो । त्यसको केही समयपछि राणा र लोहनी नेतृत्वको राप्रपाबीच मात्रै एकता भएको थियो ।राजधानीबाट

Skip This
Skip This
Logo