स्याङ्जा।
स्याङ्जाका एक युवकले मोटरसाईकलबाट विश्व भ्रमण गर्ने साहस देखाएका छन् । विश्वका सबै देशमा पुगेर १० बर्षमा ८ लाख किलोमिटर मोटरसाईकल मार्फत हिड्ने लक्ष्यका साथ स्याङ्जाबाट ती युवा विदाई भएका छन् । वालिङ नगरपालिका १४ तमादीका ३० वर्षीय यामप्रसाद लुईटेल विश्व मोटरसाईकल यात्रामा निस्किएका हुन् ।
जिल्लाका ११ स्थानीयतहसँगै जिल्ला समन्वय समितिबाट समेत विदाई भएका लुईटेल औपचारीक रुपले आफ्नै नगर वालिङ नगरपालिकाबाट विदाई भएका छन् । वालिङ नगरपालिकाका प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधि, विभिन्न राजनीतिकदलका प्रतिनिधि, वालिङ उद्योग वाणिज्य संघ लगायत उद्योगी व्यवसायी, कर्मचारी, समाजसेवी, संचारकर्मी लगायतको सहभागितामा उनको विदाई गरिएको थियो । लुईटेलले विश्व मोटरसाईकलको औपचारिक यात्राको सुरुवात भने दार्चुलाबाट शुभारम्भ गर्ने जनाएका छन् ।

नेपाललाई मोटरसाईकल यात्राबाट विश्वभर चिनाउने लक्ष्यका साथ प्रस्थान गरेका लुईटेलको पहिलो चरणमा नेपालका ७ सय ५३ स्थानीय तह, सात प्रदेशमा पुगेर अन्तिममा केन्द्रिय सरकारको विदाई पश्चात विश्व भ्रमणमा निस्कने अभिलाषा छ । सरकारले शुभारम्भ गरेको नेपाल भ्रमणबर्षलाई साकार पार्न पनि यो यात्रा फलदायी हुनेमा लुईटेल विश्वस्त छन् ।
मुलुकलाई समृद्ध बनाउने सरकारको योजना छ यात्री लुईटेलले भने,“सबै स्थानीयतहले देशलाई समृद्ध बनाउन के के योजना छन् भन्ने विषयमा जानकारी लिनेछु ।” देशमा पर्यटकीय सम्भावनाको खोजी गरि त्यस्ता पर्यटकीय क्षेत्रको विश्वमा प्रचार प्रसार गर्ने आफ्नो अर्को लक्ष्य भएको लुईटेलले बताए । सबै समस्याको समाधान गर्दै आफ्नो यात्रा पूरा हुने आशामा लुईटेल छन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया