‘नेपालमा ६ महिनासम्म पुग्ने औषधी छ’ : उत्पादक संघ

‘नेपालमा ६ महिनासम्म पुग्ने औषधी छ’ : उत्पादक संघ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आगामी ६ महिनाका लागि औषधीको कुनै अभाव नहुने नेपाल औषधी उत्पादक संघले जनाएको छ । कोरोना भाइरसको प्रकोप विश्वभरी फैलिरहँदा नेपालमा औषधी अभाव हुन सक्ने हल्ला निराधार रहेको संघले जनाएको हो ।

संघले आज पत्रकार सम्मेलन गरेर स्वदेशी ६२ वटा कम्पनीले उत्पादन गरेको औषधीले ६ महिनाको माग धान्ने गरी स्टक रहेको र औषधी अभाव हुन्छ भनेर आत्तिनु पर्ने अवस्था नरहेको जानकारी दिएको हो ।

कोरोना भाइरसले विश्वमा महामारीको असर नेपालमा पनि पर्दै आएको छ । छिमेकी मुलुक भारतमा पनि कोरोना संकमण देखिएपछि भारतले सिटामोलसहित २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि औषधी अभाव हुन सक्ने अनुमान धेरैले गरेका थिए । तर संघले नै अत्यावश्यक औषधी नेपाली उत्पादकसँग मौज्दात रहेको बताएको छ ।

Logo