होलीमा एनआईसी एशिया बैंकको शत प्रतिशत नगद फिर्ता अफर

होलीमा एनआईसी एशिया बैंकको शत प्रतिशत नगद फिर्ता अफर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

एनआईसी एशिया बैंक लिमिटेडले होली पर्वलाई लक्षित गरी यस बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूका लागि विशेष योजना अघि सारेको छ । यस योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी फागुन २६ र २७ गते कारोबार गर्दा २०० जना भाग्यशाली ग्राहक महानुभावहरूले १०० प्रतिशत वा अधिकतम. ५ हजारसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।

बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहकले पर्याप्त फाइदा उठाउदै आएका छन् । जस अनुसार बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्दा मासिक १५ हजार ४०० सम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक ६ हजारसम्मको लाभ ग्राहक महानुभावहरूले लिनु भइरहेको छ । डिजिटल फास्टको रणनीति अवलम्बन गरी डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी बैंकका रुपमा स्थापित हुन सफल भइसकेको यस बैंक विभिन्न छुट तथा नगद फिर्ता अफरहरूका साथ आक्रमक रुपमा अघि बढिरहेको छ ।

मोबाइल बैंकिङ्ग र डेबिट/ क्रेडिट कार्ड प्रयोगमा अफरै अफर

प्रत्येक शुक्रबार बेलुकी ८ बजेदेखी शनिबार बिहान ८ बजेसम्म संचालित ह्याप्पी आवरमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ५ प्रतिशत वा १०० सम्म क्यास ब्याक, पहिलोपटक विजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा १ हजारसम्म छुट, प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत क्यास ब्याक, प्रत्येक बुधबार daraz.com बाट सामान खरिद गर्दा १० प्रतिशत वा ५ सयसम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा २ हजारसम्म छुट लगायत विभिन्न अफरहरू बैंकले सञ्चालन गरिरहेको छ ।

यस बैैंकको मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध छ । यसका अतिरिक्त बैैंकका ग्राहकले मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी २ हजार भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५२ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५७ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

Skip This
Skip This
Logo