क्रिकेट : एकेडेमीया र भक्तपुर क्याम्पस क्वाटरफाईनलमा

क्रिकेट : एकेडेमीया र भक्तपुर क्याम्पस क्वाटरफाईनलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

एकेडेमीया र भक्तपुर बहुमुखी क्याम्पस आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेट प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । एकेडेमीयाले प्राईमलाई ५ विकेटले हराउँदा भक्तपुरले आयोजक न्युसमिट कलेजलाई ४ विकेटले स्तब्ध बनाउदै समूह बिजेताको रुपमा क्वाटरफाईनलमा प्रवेश गरेका हुन् ।

समय अभावका कारण बिहिवारका खेल १६ ओभरको खेलाइएका आयोजक कलेजका निर्देशक चोकराज दवाडीले जानकारी गराए । मुलपानी क्रिकेट मैदानमा भएकोे पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको प्राईमले १६ ओभरमा अल आउट हुँदा ७६ रन बनाउन सक्यो । प्राईमका आभाष शाहीले सर्वाधिक १९ रन जोड्दा म्यान अफ द म्याचसमेत चुनिएका एकेडेमीयाका चिन्तामणी बिश्वकर्माले घातक बिलिङ गर्दै ४ ओभरमा १ मेडन राख्दै ४ रन खर्चेर ३ विकेट लिएका थिए । एकेडेमीयाले सामान्य ७७ रनको लक्ष्य पाए पनि १५.३ ओभरमा ५ विकेटको क्षतिमा कठिन जित निकाल्यो । बिजय टिमका साजन तन्डुकार (कुशल) ले सर्वाधिक १८ रन जोड्दा बलिङतर्फ निश्चल श्रेष्ठले ३ ओभरमा २१ रन दिंदै २ विकेट लिएका थिए ।

न्युसमिट कलेजको आयोजनामा भएको दोश्रो खेलमा भक्तपुर बहुमुखी क्याम्पसले टस जितेर फिल्डिङ रोजेपछि क्रिजमा उत्रिएको आयोजक न्यु समिटले १६ ओभरको खेलमा ६ विकेटको नोक्सानीमा ९० रन जोड्यो । सुनिल खड्काले सर्वाधिक २४ रनको योगदान दिए । भक्तपुर क्याम्पसले १५ ओभरमा ६ विकेटको नोक्सानीमा ९३ बनाएर समूह विजेताको रुपमा क्वाटर फाईनलमा स्थान बनायो । भक्तपुरका लागि अलराउण्ड प्रर्दशन गरेका गजेन्द्र पाण्ड्या बलिङतर्फ ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिंदा ब्याटिङतर्फ पनि नटआउट ४१ रन जोड्दै म्यान अफ द म्याच बन्न सफल भए ।

Logo