एनआईसी एशिया क्यापिटल लिमिटेडको सेवामा विशेष छुट

एनआईसी एशिया क्यापिटल लिमिटेडको सेवामा विशेष छुट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

एनआईसी एशिया क्यापिटल लिमिटेड फागुन २२ गते संचालनमा आएको तीन वर्ष पूरा गरेको छ ।

संचालनमा आएको छोटो समयमा नैं मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफल मर्चेट बैंकरको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको छ । मर्चेण्ट बैंकिङ्ग ब्यवसायमा तिब्र रुपमा प्रतिश्पर्धा रहँदा समेत एनआई सी एशिया क्यापिटल संचालनमा आएको तीनवर्षको छोटो अवधिमै निम्न उपलब्धी हाशिल गर्न सफल भएको छ ।

साथै क्यापिटलले आफ्नो तेश्रो वार्षिक उत्सवको अवसरमा नयाँ ग्राहकहरुलाई सेवा शुल्कमा विशेष छुट योजना ल्याएको छ । जस अन्तर्गत फागुन २२ गतेदेखि ०७७ आषाढ मसान्तसम्म निःशुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता संचालन शुल्कमा छुटको व्यवस्था गरेको छ । यसका साथै मिति ०७६ साल फागुन २२ गतेदेखि मिति ०७६ साल चैत्र मसान्तसम्म लगानी व्यवस्थापन सेवाशुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

Logo