राजश्व अनुसन्धान विभागद्वारा ७ दिनभित्र १३० कम्पनीलाई उपस्थित हुन निर्देशन

राजश्व अनुसन्धान विभागद्वारा ७ दिनभित्र १३० कम्पनीलाई उपस्थित हुन निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने र नक्कली बिल प्रयोग गरि मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न अटेर गर्ने १३० व्यावसायिक फर्म तथा कम्पनीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

विभागले बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गरी उक्त जानकारी गराएको हो । यसअघि पटकपटक पत्राचार गर्दा समेत उपस्थित हुन नआएपछि सार्वजनिक सूचनामार्फत ७ दिनभित्र विभागमा उपस्थित हुन सूचनामा उल्लेख गरिएको छ ।

विभागले पछिल्लो डेढ वर्षमा करिव १५ अर्ब रुपैयाँ बराबर दुरुपयोग गरेको अभियोगमा सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको विभागले जनाएको छ । विभागले अन्तशुल्क, भ्याट तिर्न अटेर तथा भ्याट छली गर्ने व्यावसायी फर्म तथा कम्पनीमाथि नियमित रुपमा अनुसन्धान गर्दै आएको छ ।

विभागले ३०० भन्दा बढी व्यावसायिक फर्म तथा व्यापारिक संस्थाहरुको नियमित अनुगमन तथा अध्ययन गरिरहेको छ । सोही क्रममा बिहीबार सार्वजनिक सूचनामार्फत १३० व्यवसायी फर्म तथा कम्पनीलाई उपस्थितका लागि निर्देशन दिएको हो ।

 

Logo