आगामी ३ दिनको मौसम

आगामी ३ दिनको मौसम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अहिले नेपालमा पश्चिमी एवम् स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी र पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

विभागले आज बिहान जारी गरेको बुलेटिनमा पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। तीन दिनको मौसम पूर्वानुमान :

बिहीबार

देशका पश्चिमी भूभागमा सामान्य बदली रहि मध्य र पूर्वि भूभागमा आंशिकदेखि सामान्य बदली रहने देखिन्छ । पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, हावाहुरी, असिना साथै मध्य र पूर्वी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।

शुक्रबार

देशका पश्चिमी भूभागमा सामान्य बदली रहि मध्य र पूर्वका भूभागमा आंशिकदेखि सामान्य बदली रहने देखिन्छ। पश्चिमी भूभागका केहि स्थानहरुमा र मध्य र पूर्वी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

शनिबार

देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन, हावाहुरी र असिनासहित वर्षाको सम्भावना समेत रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने देखिन्छ।

Skip This
Skip This
Logo