काठमाडौँ ।
कृष्णप्रसाद दुलाल मंसिर २९ गते अटो मोबाइल्स एसोसियशन नेपाल (नाडा) को अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । दुलाल यस अघिको कार्य समितिमा वरिष्ठ उपाध्यक्ष थिए । अध्यक्ष दुलालसँग कोरोना भाइरसले अटोमोबाइल्स क्षेत्रलाई पारेको प्रभावका बारेमा केन्द्रबिन्दुका संवाददाता अनिस मिजारले कुराकानी गरेका छन् । प्रस्तुत छ दुलालसँग गरिएको कुराकानीः
कोरोना भाइसरका कारण अटो मोबाइल्स क्षेत्रमा कस्तो प्रभाव परेको छ ?
कोरोना भाइरसको कारण अटोमोबाइल्समा मात्रै होइन समग्र अर्थतन्त्रमा असर परेको छ । तत्काल असर नदेखिए पनि पछि यसको असर देखिन्छ ।
संघको तर्फबाट केही पहल गर्नु भएको छ ?
हामीले सामाजिक उत्तरदायित्वको रुपमा गरिने कामहरु गरिरहेका छौँ ।
कस्ता कामहरु भन्न खोज्नु भएको हो ?
जस्तैः आमन्त्रण गरिएका ठूला कार्यक्रमहरुमा सहभागी नहुने र तुरुन्तै गर्नुपर्ने कार्यक्रमहरु पनि के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौँ । मासमा हुने हाम्रा ठूला कार्यक्रमहरु पनि स्थगित गरेका छौँ ।
यो संक्रमणबाट बच्न के गर्न सकिएला त ?
कोरोनाको संक्रमण संसारभरी महामारीको रुपमा फैलिँदैछ । अहिले विश्वको ध्यान पनि त्यतै खिचिएको छ । हाम्रोमा पनि सरकारले आवतजावत बन्द गर्नुपर्छ । सीमा नाकाबाट आउने मानिसहरुमाथि निगरानी राख्नु पर्यो । त्यसका साथै संक्रमण रोक्न के गर्न सकिन्छ, ती सबै उपायहरु अपनाउनु पर्छ ।





























प्रतिक्रिया