काभ्रेमा बस दुर्घटना, ४४ जना घाइते

काभ्रेमा बस दुर्घटना, ४४ जना घाइते

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रेको कोशीपारीस्थित चौंरीदेउरालीमा आज भएको यात्रुबाहक बस दुर्घटनामा ४४ जना घाइते भएका छन् ।

रामेछापको गुराँसेबाट काठमाडौँका लागि छुटेको बा४ख ७१०२ नं.को बस सडकबाट ५० मिटर तल खसेर भएको दुर्घटनामा ४४ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार घाइते भएका मध्ये ६ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।गाडीको चालक भने फरार छन् । थप विवरण आउन बाँकी छ ।

Logo