छाउपडीविरुद्ध सरकारी अभियान : आठ हजार बढी छाउगोठ नष्ट

छाउपडीविरुद्ध सरकारी अभियान : आठ हजार बढी छाउगोठ नष्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले छाउपडी उन्मूलनका लागि आठ हजारभन्दा बढी छाउगोठ भत्काएको छ । छाउप्रथाको नाममा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका महिलाले कष्टकर जीवन र विभेद भोगेपछि सरकारले पुस ९ गते छाउगोठ भत्काउने निर्णय गरे अनुसार हालसम्म आठ हजार ६१७ छाउगोठ भत्काइएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार फागुन १५ गतेसम्म सुदूरपश्चिम प्रदेशमा छ हजार ३८२ र कर्णाली प्रदेशमा दुई हजार २३५ छाउगोठ भत्काइएको छ । हालसम्म सबैभन्दा धेरै अछाम जिल्लामा चार हजार ८९७ र सुर्खेतमा एक हजार ९२४ छाउगोठ भत्काइएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए।

यस्तै बाजुरामा ५१०, डोटीमा ३४२, कैलालीमा २७३, दैलेखमा २५९, कञ्चनपुरमा १९७, बझाङमा १४०, जाजरकोटमा ३०, कालिकोटमा २०, डडेल्धुरामा २३ र सल्यानमा दुई छाउगोठ भत्काइएको छ ।

यसैगरी कर्णाली र सुदूरपश्चिमका ९६५ घरपरिवारलाई छाउपडी सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । यसमा कर्णाली प्रदेशमा ४९९ र सुदूरपश्चिम प्रदेशमा ४६६ घरपरिवार रहेका छन् । सरकारले छाउगोठ सम्बन्धी जनचेतना फैलाउन रु एक करोड विनियोजनसमेत गरेको थियो । यस्तै सरकारले छाउगोठ राख्ने व्यक्तिलाई सरकारले दिने सेवासुविधामा समेत रोक लगाउने निर्णय गरेको थियो ।
रासस

Skip This
Skip This
Logo