यु–२३ पुरुष बास्केटबलमा रोयल च्याम्पियन

यु–२३ पुरुष बास्केटबलमा रोयल च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आयोजक रोयल सेन्ट्रल स्पोर्ट्स प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेको छ ।

ललितपुरको सानागाउँस्थित घरेलु कभर्डहलमा रोयलले टाइम्सलाई ६२–५९ ले पराजित ग¥यो । रोयलका निकेश मगरले २० अंक जोडे । निकेशनै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । त्यसबापत निकेशले १० हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

तेश्रो क्वाटरको समाप्तिसम्म रोयल ४२–५० ले पछाडि थियो । पछाडि परेको स्थितिलाई उल्ट्याउदै चौथो तथा अन्तिम क्वाटरमा रोयलले २०–९ को अग्रता लियो र उपाधि सुनिश्चित ग¥यो । सुरुका तीन क्वाटरमा रोयलले क्रमशः १४–९, १६–१५ र १२–१६ को प्रदर्शन गरेको थियो । उपाधिसंगै रोयलले ५० हजार नगद पुरस्कार हात पा¥यो ।

टाइम्सका विजेश तामाङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । बापेकका सजक केसीले उदीयमान खेलाडीको ट्रफी चुमे । विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, बास्केटबलका मुख्य प्रशिक्षक दिनेशचन्द्र नकर्मी लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

फागुन १२ गतेदेखि सुरु प्रतियोगितामा ९ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । रोयल स्पोर्ट्स सेन्ट्रल राष्ट्रिय बास्केटबल खेलाडीद्वय रविन खत्री र विनोद महर्जन तथा बास्केटबल प्रशिक्षक नृपेश श्रेष्ठले सञ्चालनमा ल्याएका हुन् ।

Skip This
Skip This
Logo