आज राति १० बजेदेखि प्रधानमन्त्रीले केहि खान नहुने

आज राति १० बजेदेखि प्रधानमन्त्रीले केहि खान नहुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आफ्नो दोस्रो पटकको मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको आज डायलाइसिस गरिएको छ । उनको आज बिहान साढे ९ बजे डायलाइसिस गराइएको हो ।

अस्पतालका अनुसार मिर्गौला प्रत्यारोपण गर्नुभन्दा पहिले रगतमा हुने टक्सिनहरु निकाल्न यस किसिमको ‘प्रि-ट्रान्सप्लान्ट’ डायलाइसिस गर्ने गरिन्छ ।

ओलीको बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिदैछ । जसका लागि आज राति १० बजेदेखि उनी केहि नखाइ बस्नु पर्छ । बुधबार कतिबेला प्रत्यारोपण शुरु गर्ने लगायतका सल्लाहका लागि आज ४ बजे चिकित्सकहरुबीच छलफल हुँदैछ ।

Logo