मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री अस्पताल भर्ना (भिडियोसहित)

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री अस्पताल भर्ना (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।
दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।

प्रधानमन्त्री ओली सोमबार त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपणका लागि भर्ना भएका हुन् । बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको मिति तोकिएको छ ।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले बढीमा हप्तादिनमा प्रधानमन्त्री घर फर्किने बताए । अहिलेसम्म ८ सय व्यक्तिको सफल मिर्गाैला प्रत्यारोपण गरिएको बताउँदै डा. खड्काले बढीमा ७ दिनसम्म अस्पतालमा राखेर घर पठाउने गरिएको बताए ।

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण शिक्षण अस्पतालमै गर्न पाउनु गौरबपूर्ण कुरा र अवसर भएको उनले बताए । प्रधानमन्त्रीले स्वदेशमै मिर्गाैला प्रत्यारोपण गर्ने निर्णयले जनतामा अस्पतालप्रतिको विश्वास झनै बढ्ने र नेताहरु उपचारका लागि विदेश जाने क्रम कम हुने विश्वास उनले व्यक्त गरे । अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न केही दिनको अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किने भिडियो सन्देश मार्फत बताएका छन् । हेरौं भिडियोमा :

Logo