काठमाडौँ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ र तान्जानियाका राजदूत लुभान्डाबीच कुटनीतिक भेटघाट भएको छ ।
सो भेटघाटमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले विभिन्न व्यापार मेलामा द्विपक्षीय सहभागिता, व्यापार प्रतिनिधि मण्डलको भ्रमण र हवाई सम्पर्कले दुई मुलुकबीचको आर्थिक सम्बन्धलाई सुदृत बनाउने बताए ।
नेपाल र तान्जानिया भौगोलिक रुपले टाढा भएपनि व्यापारको माध्यमबाट निकट राख्न सकिने बताए अध्यक्ष श्रेष्ठको भनाई थियो । त्यस्तै, तान्जानियाका राजदुत लुभाण्डाले तान्जानिया चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीजसँग द्विपक्षीय व्यापार लगानी प्रवद्र्धन गर्न समझदारी कायम गर्न सुझाव दिएका छन् । नेपाल र तान्जानिया कृषिजन्य, पर्यटकीय मुलुक भएकाले त्यहाँको आर्थिक संभाव्यता कृषि तथा पर्यटनमा रहेको बताए । अहिले तान्जानिया र भारतको मुम्बईबीच प्रत्यक्ष हवाई सम्पर्क रहेकाले नेपालसँग पनि व्यापार गर्न संभव रहेको लुुभाण्डाको भनाई थियो ।
नेपाल र तान्जानियाबीच सन् १९७५ को जनवरीमा कूटनीतिक सम्बन्ध कायम भएको हो । त्यस यता बहुपक्षीय फोरमहरूमा नेपाल र तान्जानियाले एकअर्कालाई सहयोग गर्दै आइरहेका छन् । नेपाल जस्तै तान्जानिया पनि असंलग्न आन्दोलनको सदस्य राष्ट्रमा पर्छ । नेपाल र तान्जानिया संयुक्त राष्ट्र संघको सक्रिय सदस्य हो ।





























प्रतिक्रिया