ट्राफिक प्रहरीद्वारा इमान्दार ट्याक्सी चालक सम्मानित

ट्राफिक प्रहरीद्वारा इमान्दार ट्याक्सी चालक सम्मानित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिकवर्ष ०७६/०७७ को विभिन्न मितिमा भाडाका कारमा छुटेका नगद, गरगहना र महत्वपूर्ण सामानहरु महाशाखामा आफैं बुझाउन ल्याउने २१ जना सवारी चालकलाई सोमबार सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा युवराज राना मगर, यज्ञ प्रसाद बराल, कुल बहादुर श्रेष्ठ, नन्दलाल नगरकोटी, सुनिल थापा मगर, अबदेश कुमार झा, प्रविन तामाङ, सूर्य बहादुर तामाङ, कृष्ण बहादुर खत्री, कृष्ण घिसिङ, नेत्र प्रसाद तामाङ, रामचन्द्र मोत्तान, रोएत बहादुर रोक्का, जम्क श्रेष्ठ, रिध बहादुर क्षेत्री, नविन सिग्देल, तुलसी राम खनाल, विष्णु आले, नेत्र बहादुर मगर, मनि श्रेष्ठ र निलहरि ढुगेंल रहेका छन् ।

चालकलाई सम्मान गर्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले नैतिकता, मानवीयता र अनुशासन कमजोर भएको वर्तमान समयमा चालकहरूले देखाएको यो इमान्दारिताले समाजमा अरू मान्छेहरूलाई पनि सहयोगी बन्न प्रेरणाको स्रोत बनेको बताए ।

सम्मानित हुने चालकहरू मध्ये चालक नवीन सिग्देलले अन्दाजी १० लाख ६६ हजार मूल्य पर्ने सुनको १३ तोला बराबरको गरगहना, ल्याप्टप थान १ थान, महत्वपूर्ण कागजपत्र भएको लगेज ब्याग आफैं बुझाउन ल्याएका थिए ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठका अनुसार यस आर्थिकवर्ष ०७६/७७ मा ट्रयाक्सीमा मात्रै ३९५ वटा सामान छुटेको निवेदन परेको थियो । ट्राफिक प्रहरीको सक्रियतामा करिव १ करोड ४८ लाख ६० हजार ३६५ मूल्य बराबरको सामान २८० जना सम्बन्धित सामानधनीलाई बुझाईसकेको छ भने ५२ वटा सवारीको नम्बर खुल्न नआएकाले अनुसन्धान जारी रहेको छ ।

Skip This
Skip This
Logo