डोल्पाको करेलीकाँडाका ४० जना बढी बिरामी, काेराेनाकाे त्रास

डोल्पाको करेलीकाँडाका ४० जना बढी बिरामी, काेराेनाकाे त्रास

केन्द्रबिन्दु
0
Shares

डोल्पाको करेलीकाँडा गाउँमा अज्ञात रोगका कारण मानिसहरु थला परेका छन् । त्रिपुरासुन्दरी नगरपालिका १ स्थित उक्त गाउँमा ४० जनाभन्दा धेरै स्थानीय थला परेका छन् ।

४५ घरधुरी रहेको करेलीकाँडामा ज्वराेले थला परेको एक साता धेरै भएकाे, घरैपिच्छे बिरामी देखिनुका साथै बिरामीमा एक्कासी टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिने गरेको स्थानीयले बताए ।

एकै घरका नौ जनासम्म बिरामी भएका तथा दैनिकजसो रोग फैलिँदै जादा औषधि नभएकाले समस्या भएकाे स्थानीय सुवास लामाले बताए । केही दिनयता करेलीकाँडा गाउँबाट उपचारका लागि आउने बिरामीको संख्या ह्वात्तै बढ्न थालेको मेडिकल सञ्चालक गोरबहादुर विकले जानकारी दिए । आइतबार मात्रै पाँच जना बिरामीहरू उपचारका लागि आएका उनले बताए ।

काठमाडौंबाट फर्केका व्यक्तिमा यो रोगको संक्रमण रहेको र उनीहरुकै कारण गाउँभरि सरेको हुनसक्ने स्थानीय ताम्बा लामाले बताए । ‘गाउँभरि कोरोना फैलिएको त्रास छ, काठमाडौंबाट भित्रियो भन्ने हल्ला छ ।’

तर गर्मी मौसम सुरु भएकाले मौसमी फ्लु हुनसक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । रोगले गाउँ नै थला परेको खबर पाएपछि प्रहरी चौकी र त्रिपुराकोट र स्वास्थकर्मीको टोली प्रकोप क्षेत्रमा गइरहेको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ ।

Skip This
Skip This
Logo