काठमाडौं । सेयर बजार मापक नेप्से साताको पहिलो दिन आइतबार ४०.८२ अंकले घटेको छ। नेप्से ११०० अंकसम्म ओर्लिएको थियो। त्यसपछि निरन्तर बढेर गत बिहीबार १६३२.१७ अंकमा पुगेको थियो। नेप्से न्यून (११०० ) अंकमा आएको बेला सेयर किन्नेले उच्च अंक (१६३२.१७) मा पुगेपछि बिक्री गर्न थालेका थिए।
लगानीकर्ता हतोत्साहित भएर सेयर बिक्री गर्न थाल्दा बजार ओरालो लागेको सेयर विश्लेषकको भनाइ छ। १८८१.४५ अंकमा पुगेर नेप्सेले कीर्तिमान कायम गरेको थियो। त्यसपछि ओर्लिएको बजार ११०० अंकसम्म आएको थियो। त्यसपछि निरन्तर उकालो लागेर १६३२.१७ अंकसम्म पुगेको थियो।
नयाँ कीर्तिमान पछ्याउँदै सेयर बजार अघि बढेकोमा पुनः ब्रेक लागेको छ। अहिले नेप्से ओर्लेर १५९१.३६अंकमा आइपुगेको छ।
नेप्से घटे पनि कारोबार रकममा भने उत्साह जारी छ। आइतबार ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ। १ करोड २५ लाख १७ हजार २ सय १७ कित्ता सेयर किनबेच भएका छन्।





























प्रतिक्रिया