कोरोना रोकथामका लागि उपप्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति

कोरोना रोकथामका लागि उपप्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस उच्च जोखिममा रहेका मुलुकहरुमा नेपाललाई पनि राखेपछि सरकारले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलेको संयोजकत्वमा उच्च स्तरीय समन्वय समिति तथा मुख्य सचिवको संयोजकत्वमा कार्यानवय समिति गठन गरेको छ ।

सो समितिमा गृहमन्त्री रामबहादुर थापा बादल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, अर्थ मन्त्री डा. युवराज खतिवडा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, लगायत वाणिज्य, कृषिमन्त्री पनि रहेका छन् ।

सो समितिले नेपालमा विभिन्न मुलुकबाट आउने हवाइ यात्रु लगायतका देशबाट हुने आवतजावतका गतिविधिलाई नजिकबाट हेर्नुका साथै कोरोना भाइरस फैलन सक्ने संभावित क्षेत्रको पहिचान गरी समाधानका उपायबारे सुझाव दिने पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइले बताए।

सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण हुन नदिन उच्च सर्तकता अपनाउन तथा कुनै कमी कमजोरी हुन नदिन निर्देशन दिएका मन्त्री भट्टराइले बताए ।

साथै उनले यसको प्रकोप रोकथामका लागि आवश्यक पूर्व तयारी गर्न र विमान स्थलमा आउने यात्रुको एक एक गरी जाँच्न व्यबस्था मिलाउन तथा स्वास्थ्य जाँचमा कडाइ गर्न तथा औषधिको पर्याप्त मात्रमा सञ्चय गर्न निर्देशन दिएका थिए ।

मुख्य सचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा सम्बद्ध मन्त्रालयका सचिव, नेपाली सेना र सरोकार निकायका प्रतिनिधि रहने गरी कार्यान्वयन समिति समेत गठन गरिएको जनाइएको छ ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo