काठमाडौं ।
चीनबाट फैलिएको कोरोना भाइरसका कारण सरकारले लक्ष्य राखेको आर्थिक वृद्धि हासिल गर्न समस्या पर्ने देखिएको छ ।
नेपालको दोश्रो पर्यटकीय गन्तव्य चीनबाट आउने पर्यटकको संख्या ह्वात्तै घटेपछि सरकारले लक्ष्य राखेको ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न समस्या पर्ने देखिएको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबि नेपालले दुई दिने तेस्रो अन्तराष्ट्रिय आर्थिक तथा वित्तीय संमेलनको उद्घाटन गर्दै सरकारले राखेको लक्ष्य अनुसार आर्थिक वृद्धिदर हासिल गर्न समस्या पर्ने बताएका हुन् ।
कोरोना भाइरस फैलिएसँगै नेपालका विभिन्न ठाउँमा बुकिङ भएका होटलहरु धमाधम रद्ध भएका छन् । होटल व्यवसायी संघ(हान) का अनुसार ६ं० प्रतिशत होटल बुकिङ रद्ध भएको बताइन्छ । तर होटल संघका प्रथम उपाध्यक्ष विनायक शाह भने यो कुरा मान्न तयार छैनन् । चीनबाट पयर्टक नआए पनि बंगलादेश लगायतका मुलुकबाट पर्यटक ल्याउने प्रयास गरिरहेको उनले बताए । भिडियोमा





























प्रतिक्रिया