आइएसटी कलेजमा नयाँ विद्यार्थीहरुलाई स्वागत (भिडियोसहित)

आइएसटी कलेजमा नयाँ विद्यार्थीहरुलाई स्वागत (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
इन्टरनेसनल स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आइएसटी) कलेजले शुक्रबार आफ्ना नयाँ विद्यार्थीहरुलाई स्वागत तथा परिचय कार्यक्रम गरेको छ ।

आइएसटी कलेजका तेस्रो सेमिस्टरमा अध्ययनरत टिम अविरल सेक्सन ‘ए’ का ३२ जना विद्यार्थीहरुले उक्त कार्यक्रम आयोजना गरेको हो । नयाँ विद्यार्थीहरुलाई प्रोत्साहन गर्न, अझै थप उत्साह जगाउनका साथै प्रेरणा पनि मिल्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको आयोजक टिम अविरलकी पूजा सिलवालले बताइन् ।

आइएसटी कलेजमा २ सय १०  जना विद्यार्थीहरु पहिलो सेमिस्टरका लागि भर्ना भएका छन् । सोही विद्यार्थीहरुका लागि गरिएको स्वागत कार्यक्रममा जम्मा  २ सय ५ जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सम्पूर्ण व्यवस्थापन सबै आयोजक टिम अविरलका विद्यार्थीहरुले गरेका थिए । कार्यक्रममा ३२ जना आयोजक बाहेक स्वयंसेवकहरु पनि सक्रिय थिए । कार्यक्रममा विद्यार्थीहरुले नाचगान साथै नाटक प्रस्तुत गरे । साथै हालै सम्पन्न रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ का टप टेन प्रतिस्पर्धी करण दोङले आफ्नो बेजोड प्रस्तुती दिएर विद्यार्थीहरुलाई नचाए ।

कार्यक्रममा मिस आइएसटी तथा मिस्टर आइएसटी पनि छनौट गरिएको छ । जसमा मिस आइएसटी आकृती श्रेष्ठले हात पारिन् भने मिस्टर आइएसटी राज कार्कीले हात पारे । त्यस्तै मिस आइएसटीतर्फ क्रमशः प्रदिप्ता लिम्बू फस्ट रनर अफ बनिन् भने, अनु महर्जन सेकेण्ड रनर अफ बनिन् । त्यस्तै मिस्टर आइएसटीतर्पm गोकुल देउजा फस्ट रनर अफ र विमल उरुवान सेकेण्ड रनर अफ बने ।

कार्यक्रममा आइएसटी कलेजका सिइओ नरेन्द्र बज्राचार्य, प्रिन्सिपल सम्झना बस्नेत, डाईरेक्टर तेजबहादुर ढकाल साथै अतिथीमा आसन ग्रहणको उपस्थिती रहेको थियो । भिडियो :

 

Logo