धनुसा । कागजपत्र मिलाइदिने भन्दै घूस माग्ने धनौनी गाउँपालिका वडा नम्बर २ मा कार्यरत वडा सचिव सुशिल ठाकुर पक्राउ परेका छन् ।
सेवाग्राहीसँग जन्मप्रमाणित गरिदिने भन्दै २० हजार घूस लिएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट गएको टोलीले उनलाई पक्राउ गरेको थियो ।
उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।





























प्रतिक्रिया