घुस लिएको अभियोगमा मुद्दा

घुस लिएको अभियोगमा मुद्दा

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिका कञ्चनपुरको विष्णु धाम मन्दिरमा खड्कलिला निर्माणका लागि प्राप्त भएको सरकारी रकम दुरुपयोग गरेको अभियोगमा उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर विष्टविरुद्ध विहिबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आर्थिक वर्ष २०६५/६६ मा प्राप्त चार लाख ५० हजार दुरुपयोग गरेको अभियोगमा मुद्दा दायर गरिएको हो । सरकारी स्रोतबाट प्राप्त भएको रकम गैरकानूनी रुपमा दुरुपयोग गरेको अभियोगमा अध्यक्ष विष्टविरुद्ध मुद्दा दायर गरिएको हो ।

यस्तै सरस्वती माध्यामिक विद्यालय छोटी पर्सिया कञ्चनपुरका शिक्षक इन्द्रसिंह थापाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरेको छ । यस्तै सांस्कृतिक संस्थान जमलमा कार्यारत नृत्य कलाकार नरेन्द्रकुमार आलेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाल प्रहरीमा कार्यरत प्रहरी नायब निरीक्षक विष्णुप्रसाद दलालीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । दैलेख नौमुले गाँउपालिका १ मा रहेको भैरव माविका प्रधानाध्याक नगेन्द्रबहादुर सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर बस्नेतलाई घुस लिएको अभियोगमा आयोगले पक्राउ गरेको छ ।

विद्यालयका शिक्षकको चौमासिक तलब र दशैँ खर्चबापतको रकम उपलब्ध गराइदिने प्रयोजनका लागि शिक्षकसँग ३० हजार घुस मागेको अभियोगमा पक्राउ गरिएको हो । नौमुले गाउँपालिका–१ मा रहेको एक बैंकको शाखा प्रबन्धकको कार्यकक्षबाट उनीहरुलाई पक्राउ गरिएको आयोगका प्रवक्ता कोइरालाले जानकारी दिए।रासस

Skip This
Skip This
Logo