काठमाडौं ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागनमनले वैदेशीक शिक्षाका लागि जान लागेका विद्यार्थी रोककोप्रति स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) ले आपत्ति जनाएको छ ।
गत मंगलबार अध्यागमन विभागले ५८ जना विद्यार्थीलाई विनाकारण रोकी फर्काएको भन्दै फेकनले आपत्ति जनाएको हो । विनाकारण विद्यार्थी र अभिभावक आर्थिक तथा मानसिकरुपमा मर्कामा परेकोे भन्दै फेकनले सरकारसग क्षतिपूर्ति समेत माग गरेको छ ।
फेकनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ –‘सरकारका दुई निकायबीच आपसी तालमेल नभएको कारणले एउटा सरकारी निकायबाट जारी प्रमाणपत्र अर्को निकायहरुबाट वैधता जाँच गर्न सक्ने प्रविधिको अभावले विद्यार्थी समस्यामा परेका छन् । प्रविधिको अभावको कारण निर्दोष विद्याथी फर्किएकाले सम्पूर्र्णलाई सकारले क्षतिपूर्ति दिन पनि माग गर्दछौ ।’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमाद्धारा जारी वैदेशिक अध्ययन अनुमति पत्र नो अबजेक्सन सटिर्फिकेड नक्कली भएको आशंकामा विमानस्थलले फर्काएको थियो ।






























प्रतिक्रिया