पसिना आएको दोलखाको भीमेश्वर मन्दिरमा गृह मन्त्रालयद्वारा क्षमा पूजा

पसिना आएको दोलखाको भीमेश्वर मन्दिरमा गृह मन्त्रालयद्वारा क्षमा पूजा

केन्द्रबिन्दु
0
Shares

दोलखा ।

गृह मन्त्रालय र स्थानीय सरकारले बलिसहित भीमेश्वर मन्दिरमा क्षमापूजा गरेका छन् । पूजाको प्रसाद राष्ट्रपति कार्यालय पु¥याइने भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिरमा बोकाको बलि दिइएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताए । सो अवसरमा भीमेश्वर मन्दिरमा रुद्री पाठ समेत गरिएको थियो ।

भीमेश्वर मन्दिरको शिलामा पसिना आएपछि राष्ट्रपति कार्यालयबाट कालो बोकाको बलिसहित क्षमा पूजा गर्ने प्रचलन छ । पसिना आएपछि पसिना पुछिएको कपास राष्ट्रप्रमुखलाई पठाउने गरिन्छ ।

भीमेश्वरको शिलामा फागुन ८ गते बिहीबार बिहान ६ बजेर २५ मिनेटदेखि ८ बजेर २५ मिनेटसम्म पसिना आएको थियो ।
रासस

Logo