काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौं ।
आजका प्रमुख समाचारहरु मध्ये यतिबेला छिमेकी मुलुक भारतमा हिंसात्मक प्रदर्शन भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेकै बेला भएको प्रदर्शनमा कम्तिमा २२ जनाले ज्यान गुमाएका छन् ।
यस्तै अहिलेका सबैभन्दा चर्चित अभिनेत्री हुन् प्रियंका कार्की । उनै अभिनेत्रीले अभिनेता आयुष्मान देशराज जोशीसँग भोलि बिहिबार बैबाहिक सम्बन्ध गाँस्दैछिन् । उनले आफ्नो विवाहको पूर्वतयारीस्वरुप केही नौलो प्रयोगहरु पनि गरेकी छिन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सर्वत्र वाहवाही छ । तर उनै घिसिङलाई कारवाही गर्न नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजाल संयोजकत्वको संसदीय उपसमितिले सिफारिस गर्ने भएको छ ।
भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रेर सर्वसाधारण माझ चर्चित बनेका पूर्वडिआईजी रमेश खरेलले राजनीतिक यात्रा थाल्ने भएका छन् । उनले भोलि बिहिवार अभियानको घोषणा गर्दैछन् । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया