मातातीर्थ जग्गा ललितानिवास प्रकरणभन्दा भिन्न छ- पूर्वप्रधानमन्त्री भट्टराई

मातातीर्थ जग्गा ललितानिवास प्रकरणभन्दा भिन्न छ- पूर्वप्रधानमन्त्री भट्टराई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बुधबार जारी प्रतिनिधिसभा बैठकमा  सभामुखसँग विशेष समय लिएर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मातातीर्थको जग्गा ललिता निवास प्रकरणभन्दा भिन्न भएकाे दाबी गरेका छन्।

प्रतिनिधिसभा बैठककाे विशेष समयमा मातातीर्थको जग्गाबारे स्पष्ट पार्दै भट्टराईले भने, ‘फागुन ३ गते ममाथि कृपा गरेर प्रधानमन्त्रीले मेरो चर्चा गरिदिनुभयो संसदमा। मातातीर्थ, सतुंगल, इचंगुको जग्गाबारे उहाँले प्रश्न उठाउनुभएको छ। त्यसबारे प्रस्ट पार्न चाहन्छु।’

जग्गा खोसिने भयो भनेर मातातीर्थ, सतुंगल, इचंगु क्षेत्रका जनताको निद्रा बिथोलिएको भट्टराईले सुनाए।  नेपाल ट्रस्टको जग्गा व्यक्ति विशेषलाई फिर्ता नदिएको उनले भने, ‘जग्गा महेन्द्रको पालाको फर्मायसी बिर्ता हो, जुन मोहीले कमाएर खाइरहेका थिए। राजा महेन्द्रले २०२६ सालमा आफ्नो हक परित्याग गरी रैकर गरिदिनू भनेर हुकुम जारी गरेका थिए। हुकुमअनुसार जग्गा रैकर भयो । तर, सबैले दर्ता गर्न पाएनन् र लामो समयसम्म यत्तिकै रह्यो।’

सोहीअनुसार प्रक्रिया पुर्‍याएर मन्त्रिपरिषद्बाट मोहीको जग्गा फिर्ता भएको पूर्वप्रधानमन्त्री भट्टराईले दाबी गरे।

Logo