राष्ट्रपतिले भवन उद्घाटन गर्ने, नगरपालिकाभरि बिदा

राष्ट्रपतिले भवन उद्घाटन गर्ने, नगरपालिकाभरि बिदा

केन्द्रबिन्दु
0
Shares

बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारी भवन उद्घाटन गर्न  बैतडीस्थित पाटन नगरपालिका आउने भएपछि  नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

बैतडीको पाटन नगरपालिका–६ मा निर्माण भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) भवन उद्घाटनका लागि राष्ट्रपति भण्डारी बिहीबार बैतडी आउन लागेकी हुन् ।

राष्ट्रपति पहिलोपटक नगरपालिकामा आउन लागेकाले स्वागतका लागि १ दिन सार्वजनिक बिदा दिइएकाे पाटन नगरपालिकाका प्रमुख केशबबहादर चन्दले जानकारी दिए ।

 

Logo