युइएफए च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सी जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएकाे छ । चेल्सी घरेलु मैदान मै बायर्न म्युनिखसँग ३–० ले स्तब्ध बनेको हो ।
बायर्नको जितमा सर्जी जिनाव्रीले दुई तथा रोवर्टाे लेवान्डोस्कीले गोल गरे । चोटिलो घरेलु टोलीले पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा बायर्नले सबै गोल गरेकाे हाे ।
पहिलो मिनेटमा नै थोमस मुलरको प्रहारलाई चेल्सीका गोलरक्षक वेल्फ्रेडो कावालेरोले मुस्किलले बचाए । सातौ मिनेटमा मासन माउन्टको प्रहार क्रस बारमा लागेर बाहिरिँदा चेल्सी अग्रता लिनबाट चुक्यो । ११औं मिनेटमा बायर्नका किङ्सले कोमानको प्रहार बाहिरियो ।
बायर्नका सर्जी जिनाब्रीले ५१औं मिनेटमा गोल गर्न सफल भयो । त्यसको तीन मिनेट पछि नै लेवान्डोस्कीको पासमै सर्जी जिनाव्रीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्न सहज जिततर्फ अग्रसर बनेको थियो ।
७६औं मिनेटमा अघिल्लो दुई गोलमा असिस्ट दिएका रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको जित पक्का गरे ।





























प्रतिक्रिया