सामान्य घट्यो सुनको मूल्य

सामान्य घट्यो सुनको मूल्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सोमबार उच्च रुपमा बढेको सुनको भाउ मंगलबार भने केहि घटेको छ । सुन आज ३ सय रुपैयाँ घटेर प्रतितोला ८० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ५०० रुपैयाँले बढेर ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन आज ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ ९ सय २५ रुपैयाँमै कारोबार रहेको महासंघले जनाएको छ ।

पछिल्लो समय कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र प्रभावित भइरहँदा सुरक्षित क्षेत्र खोज्दै लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा सुनको मूल्यमा उतार चढाव आइरहेको छ ।

Logo