गोकुल बाँस्काेटाविरुद्ध अख्तियारमा उजुरी

गोकुल बाँस्काेटाविरुद्ध अख्तियारमा उजुरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  सेक्युरिटी प्रिन्डिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ भ्रष्टाचार काण्डमा फसेका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी परेकाे छ ।

सेक्युरिटी प्रिन्डिङ प्रेस खरिद प्रकरणमा फसेका बाँस्काेटालाई कार्वाहीको माग गर्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकाे हाे ।

अख्तियारमा बाँस्कोटाको घुस प्रकरणमा गम्भीर अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउन माग गर्दै सुनसरीका प्रितम सुवेदी र दोलखाका विजय बाबु शिवाकोटीले  आइतबार निवेदन दायर गरेका हुन् ।

सेक्युरिटी प्रिन्डिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चारमन्त्री बाँस्काेटालेले ७० कराेड रुपैयाँ बार्गेनिङ गरेकाे अडियो रेकर्ड बाहिरिएपछि बाँस्काेटाले राजीनामा दिएका हुन् ।

 

Skip This
Skip This
Logo