साताको पहिलो दिन सुन चाँदीको भाउले नयाँ उचाई कायम गरेकाे छ । शुक्रबारकाे मूल्य रेकर्डमा ७ सयले मूल्यबृद्धि हुँदै आज फेरि नयाँ उचाईमा पुगेको हो ।
शुक्रबार ७८ हजार १ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक ७ सय रुपैयाँले बढेर तोलाको ७८ हजार ८ सय पुगेको छ । आज तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला ७८ हजार ५ सय रुपैयाँ पुगेको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर ९२० रुपैयाँ प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।





























प्रतिक्रिया