‘परिवर्तनको नेतृत्व काँग्रेसबाटै भएको हो’ : उपसभापति निधि

‘परिवर्तनको नेतृत्व काँग्रेसबाटै भएको हो’ : उपसभापति निधि

केन्द्रबिन्दु
0
Shares

सर्लाही ।

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले देशमा जनतालाई राजनीतिक अधिकार दिलाउन र विकास निर्माणको गतिलाई अघि बढाउने नेतृत्व काँग्रेसले गरेको बताएका छन् ।

सर्लाहीको क्षेत्र नम्बर ४ धनकौल गाउँपालिकामा शनिबार पार्टीले आयोजना गरेको सभामा उनले वि.सं. २००७ देखि हालसम्मको परिवर्तनको नेतृत्व काँग्रेसले गरेको दाबी गरे । उनले भने, “सरकारले जनताको हितविपरीत काम गरेको छ, काँग्रेसले शुरुआत गरेको विकास निर्माणको काममा अहिले फिता काट्ने काम मात्र भएको छ ।”

संविधानमा रहेका कमीकमजोरीलाई संशोधन गरेर सुदृढ गर्नुपर्ने आवश्यकता उपसभापति निधिले औँल्याए । “आगामी दिनमा काँग्रेसले बहुमत ल्याएमा मधेशी जनताको हितमा संविधान संशोधन गर्ने छौं”, उपसभाति निधिले भने।
रासस

Logo