काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएपछि राजीनामा दिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च निगरानीमा राखेको छ । तथ्य र प्रमाण नष्ट हुनसक्ने खतरा रहेको भन्दै बाँस्कोटालाई अख्तियारले विशेष निगरानीमा राखेको हो ।
७० करोड रुपैंया कमिसनका लागि बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका थिए । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले यस प्रकरणमा अडियो नै सार्वजनिक भएकाले उजुरीको आवश्यकता नहुने बताए । उनले भोलि आइतबार कार्यालय खुलेपछि थप छलफल हुने जानकारी दिए । अख्तियारले गत बिहिबार नै बास्कोटाको कार्यकक्षमा छापा मारेको थियो ।
अख्तियारले बास्कोटाले प्रयोग गर्दै आएको दराजमा शिलबन्दी समेत गरेको थियो । यता ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले बाँस्कोटालाई पक्राउ गरेर कारबाही गर्नुपर्ने बताएका छन् । स्याटलाइट खरिद प्रक्रिया, फोर–जी सेवा विस्तार, अप्टिकल फाइबर, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमलगायतका योजनाहरुमा बास्कोटा मुछिएका छन् ।
भ्रष्टाचार निवारण ऐनको दफा २१ मा भ्रष्टाचार निवारण ऐनअन्तर्गत सजाय हुने कसुर गर्न उद्योग गर्नेलाई त्यस्तो कसुर गर्ने राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ ।
गोकुल बाँस्कोटा अख्तियारकाे उच्च निगरानीमा
सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च निगरानीमा राखेको छ ।
Posted by Kendrabindu – केन्द्रबिन्दु on Saturday, February 22, 2020





























प्रतिक्रिया