पशुपतिनाथलाई सजाइएका कलात्मक फूलहरू रातारात गायव

पशुपतिनाथलाई सजाइएका कलात्मक फूलहरू रातारात गायव

केन्द्रबिन्दु
0
Shares

महाशिवरात्रिका अवसरमा शुक्रबार पशुपतिनाथ मन्दिर पुग्ने दर्शनार्थीहरूले यस पटक भिन्न महशुस गरे । किनकी यस पटक पशुपतिनाथको मन्दिरलाई विशेषरूपले सजाइएको थियो  ।

यस पटक मन्दिरलाई थरिथरिका  बत्ती र सयौं प्रकारका फूलहरूले सजाइएको थियो । दिउँसो फूलहरूको कलात्मकताले लोभ्याएको थियो भने राति बत्तीहरूको कलात्मकताले लोभ्याएको थियो ।

भारतको ग्लेज ट्रेडिङ इन्डिया प्रालिका निर्देशक सञ्जीव छिब्बर र चेतन हन्डाका निर्देशक केके शर्माले संयुक्तरुपमा करिव २ करोड रुपैयाँ खर्चेर पशुपतिनाथलाई मनमोहक बनाएका थिए  । उनीहरूले पशुपति परिसर सिंगार्न भारतका अधिकांश क्षेत्रहरुका साथै थाइल्याण्ड, अस्ट्रेलिया र कोरियाबाट समेत फूलहरू मगाएका थिए । सयपत्री, गुलाब, क्यामेसन, जरबरा, लिली, अलिको, कन्वारी, अर्किड, गोदावरी, एसिया टिक, देल्ही र जेप्सी लगायत विभिन्न जात र रङका फूल सजाउन करिव तीन सय जना कामदारले तीन दिनसम्म काम गरेका थिए  ।

शुक्रबार महाशिवरात्रीको अवसरमा पशुपतिनाथको मन्दिर पुगेकाहरूले यिनै कलात्मक फूलहरुलाई फोटोसेसनको माध्यम बनाए । तिनै फोटोहरू अहिले सामाजिक सञ्जालहरूमा छरपष्ट छन् ।

तर, विडम्बना तिनै फूलहरू चोरिन थालेका छन् । फूलहरू चोरिन थालेपछि सुरक्षा निगरानी बढाईएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यो पनि 

 

Logo