काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नमिठो ब्यङ्ग्य गरेका छन् ट्वीटर मार्फत ।
उनले लेखेका छन् – ”अरुको आङ्गकाे जुम्रा खोज्नुभन्दा पहिले आफ्नै आङ्गकाे भैसी हेर्ने हो कि प्रम ज्यू’ यही हो भ्रष्टाचार गर्दिन भनेको ?’ प्रधानमन्त्री ओलीलाई ट्वीट ट्याग गर्दै डा. भट्टराईले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको फोटो र एउटा समाचार समेत राखेका छन् ।”
सेक्युरिटी प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्रीले स्वीस कम्पनीका एकजना एजेन्टसँग कमिशनको बार्गेनिङ गरेको अडियो सहितको समाचार डा. भट्टराईले राखेका हुन् । काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेसका लागि स्वीस कम्पनीसँग एजेन्ट विजय मिश्रले कमिसन अफर गरेका छन् । र, मन्त्री बाँस्कोटाले रुचीपूर्वक कुराकानी गरेका छन् । एजेन्ट र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा लेनदेनको विषयले प्रमुखता पाएको छ ।
सञ्चारमन्त्रीको बार्गेनिङको अडियो टेप सार्वजनिक भएपछि कसले के भने ?
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमा भनेका छन्– “सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरेर निष्पक्ष अनुसन्धानलाई सघाउनोस् प्रधानमन्त्रीज्यु ! इन्तु, परन्तु, किन्तुकोे अर्थ छैन । न दायाँ न बायाँ सिधा बर्खास्त गर्नोस् बांकी छलफल अनुसन्धानको प्रक्रियामा !”
त्यस्तै राप्रपाका अध्यक्ष कमल थापाले भने “प्रधानमन्त्रीज्यू तपाईंको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु । यस व्यक्तिलाई तत्काल हटाउनु होस् र आवश्यक छानविन गर्नु होस्।”































प्रतिक्रिया