काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको छ । एक महिनाभित्रै प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
प्रधानमन्त्री ओलीको मुटुको भल्भ तथा नसाहरूको अवस्था हेर्न मंगलबार एन्जिओग्राफी गरिएको थियो । महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओग्राफी गरिएको हो ।
उपचारमा संलग्न डा.अरुण सायमीले मिर्गौला प्रत्यारोपण गर्नुअघि सबै स्वास्थ्य अवस्था हेर्नुपर्ने भएकाले एन्जिओग्राफी गरिएको बताए । मिर्गौला प्रत्यारोपणका क्रममा संक्रमण, हृदयाघात र मस्तिष्कघात हुने जोखिम रहेकाले एन्जिओग्राफी गरेर मुटुको अवस्था हेर्नुपर्ने उनले बताए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला





























प्रतिक्रिया