काठमाडौं ।
चीनको वुहानबाट आइतबार नेपाल ल्याइएका १७५ जना नेपालीमा कोरोना भाइरसको संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनीहरुमा गरिएको कोरोना परीक्षण नेगेटिभ देखिएको र कुनै डर र त्रास नरहेको मन्त्रालयले जनाएको हो । आज गरिएको पत्रकार सम्मेलनमा खरिपाटीमा रहेका १७५ जनामै कोरोना भाइरसको कुनै लक्षण नदेखिएको जानकारी गराइएको हो ।
क्वारेन्टाइन स्थल खरिपाटीमै उनीहरु सबैको नाक र घाँटीको र्यालको नमूना परिक्षण गरिएको थियो । मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गरेको परीक्षणका क्रममा सबैमा कोभिड-१९ नकारात्मक देखिएको बताए ।
उद्धार गरिएका १७५ जनाको क्वारेन्टाइनमा राखिएको १४ औं दिनमा पुनः परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।चीनबाट फर्किएका नेपालीहरु कुनैमा पनि संक्रमण नदेखिएकाले त्रसित नहुन मन्त्रालयले आग्रह गरेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला





























प्रतिक्रिया