प्रजातन्त्र दिवसको अवसरमा ३२९ जना कैदीको कैद मिनाहा

प्रजातन्त्र दिवसको अवसरमा ३२९ जना कैदीको कैद मिनाहा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रजातन्त्र दिवसको अवसरमा ३२९ जना कैदीहरुको बाँकी कैद मिनाहा गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट ३२९ जना कैदीहरुको बाँकी कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तीमा उल्लेख छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले (भोली) बुधबारदेखि लागू हुने गरी प्रकाश थेवेसमेत ३२९ जनालाई कैद माफी गरेको विज्ञप्तीमा जनाइएको छ ।

Logo