बालुवाटार जग्गा प्रकरणबारे संसदमा कांग्रेस नेता थापाको व्यंग्य, ‘हे विष्णुमणी’ ! (भिडियोसहित)

बालुवाटार जग्गा प्रकरणबारे संसदमा कांग्रेस नेता थापाको व्यंग्य, ‘हे विष्णुमणी’ ! (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका नेता गगन थापाले बालुवाटार जग्गा प्रकरणबारे संसदमा चोटिलो व्यंग्य गरेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा थापाले स्वस्थानी वाचनको शैलीमा व्यंग्य गरेका हुन् ।

नेता थापाले भने ‘कुमार जी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणी । अब उपरान्त कसैको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नु । थाहा पाइ हाले होइन, होइन भन्नु । चित्त बुझाउन नसके, अप्ठ्यारोमा नि परेको भए चोरीको सामान फर्काउनु र दुई पटक विष्णु विष्णु भन्नु ।’

थापाले अगाडी भने ‘त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खडग उचाल्नु र चार पटक विष्णु विष्णु भन्नु । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखेपनि देख्नुपर्नेले देख्ने छैनन् । इति श्री अख्तियार पुराणे कुमार विष्णु संवादे श्री स्वास्थानी ब्रतकथा हे बालुवाटार प्रकरण बर्णानाम प्रथम अध्याय।’  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Skip This
Skip This
Logo