काठमाडौँ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्आ (इसिसी) को एकदिवसीय बरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले जारी गरेको बरियता अनुसार नेपाल १६ औँ स्थानमा उक्लिएको छ । यसअघिको बरियतामा नेपाल १७ औँ स्थानमा थियो ।
हालै नेपालले घरेलु मैदानमा विश्व क्रिकेट लिग दुईमा आफ्नो प्रदर्शनमा सुधार गरेका कारण एक स्थान माथि उक्लिन सफल भएको हो । लिग दुईमा नेपालले अमेरिकासितको दुवै खेल जितेको थियो । ओमानसितको दुवै खेलमा भने नेपाल पराजित भएको थियो ।
नयाँ बरियता अनुसार नामिबिया, युनाइटेड अरब इमिरेटस् (युएई), अमेरिका र पपुवा न्युगिनी नेपालभन्दा पछाडि रहेका छन् । बरियता अनुसार शीर्ष स्थानमा बेलायत रहेको छ । दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा दक्षिण अफ्रिका र पाँचौँ स्थानमा अष्ट्रेलिया छ ।
आइसीसी विश्व टी २० बरियतामा भने नेपाल १२ औँ स्थानमा यथावत छ । व्यक्तिगततर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले आफ्नो बरियतामा सुधार गरेका छन् भने पारस खड्का यथावत अवस्थामा छन् । बलिङमा सन्दिप ८४ औँ स्थानमा छन् । यसअघि उनी ८५ औँ स्थानमा थिए । यसअघि ७५ औँ स्थानमा रहेका करन ७४ औँ स्थानमा पुगेका छन् ।
यस्तै अलराउण्डरतर्फ पारस २७ औँ स्थानमा यथावत छन् । ब्याटिङतर्फ पारस ६२ औँ स्थानमा यथावत छन् । सोमपाल कामी पनि ६५ औँ स्थानमा यथावत छन् ।































प्रतिक्रिया