काठमाडौं । डोटीकाे एक विद्याललका व्यवस्थापन समिति अध्यक्षविरुद्ध लाखाै रकम हिनामिना गरेकाे अभियोगमा मुद्दा दायर भएकाे छ ।
केदारेश्वर उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बोहराले भवन निर्माण र छात्रबृत्तिको रकम हिनामिना गरेको अभियाेगमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले साेमबार विशेष अदालयमा मुद्दा दायर गरेकाे हाे ।
निज बाेहराले भवन निर्माण र छात्रबृत्ति वितरणवापत ४१ लाख ५४ हजार ५ सय रकम लिएकाेमा ३१ लाख १६ हजारकाे काम भएकाे तथा विद्यालयकाे खातामा ३ लाख ८ हजार ५ सय जम्मा गरेकाे तर बाँकी रकम नदेखिएकाे अख्तियारले जनाएकाे छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बोहराले ७ लाख ३९ हजार ९ सय ४६ रुपैयाँ हिनामिना गरेको तथ्य स-प्रमाण पुष्टि हुन आएकोले साेही बराबरकाे बिगोसहित सजाय हुन मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार काेइरालाले जानकारी दिए ।





























प्रतिक्रिया