निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले सफाइ दिएको हो।
संसदकी एक महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा महरा असोज १९ गते पक्राउ परेका थिए । संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएकाको थियो ।
महराको तर्फबाट वरिष्ठ अधिवक्ताहरु लव मैनाली, रमनकुमार श्रेष्ठ, भिमार्जुन आचार्य, शेरबहादुर केसी, सविता भण्डारी बराल, अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए।
यसअघि काठमाडौं जिल्ला अदालतले नै गत कार्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । जबरजस्ती करणी उद्याेगमा उनीमाथि जिल्ला अदालत काठमाडाैँमा गत कार्तिक १४ गते मुद्दा दर्ता भएकाे थियाे । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला





























प्रतिक्रिया