ललितपुर ।
ललितपुरको गोदावरी नगरपालिका ५ स्थित लेलेमा ग्रिनेड बम भेटिएको छ । स्थानिय सुकुराम मिजारको घरमा प्लाष्टिकमा पोको पारिएको अवस्थामा बम फेला परेको हो ।
बम डिस्पोजका लागि नेपाली सेनाको टोली घटनास्थल पुगेको बताइएको छ ।
बम किन र कसले राखेको भन्ने बारे केहि खुलेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया