काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार खाद्य वस्तु तथा तरकारीको बजार मूल्य ४८ प्रतिशतसम्म बढेको छ । गत वर्षको पुससम्म ८.३१ प्रतिशत घटेको तरकारीको मूल्यवृद्धि दर चालु आर्थिक वर्षको ६ महिनामा भने ४८.२४ प्रतिशतसम्म बढेको हो ।
राष्ट्र बैंककाे प्रतिवेदनअनुसार गत पुसमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल, गेडागुडी र फलफूलको मूल्यवृद्धि २.६६ प्रतिशत मात्र थियो । यस वर्ष मसलाको मूल्यवृद्धि दर १५.०६ प्रतिशत बढेको छ । दलहन र रक्सीजन्य पेय पदार्थको मूल्यवृद्धि दर १०/१० प्रतिशत बढेको छ । गत वर्षको पुसमा दलहन वस्तुको मूल्यवृद्धि दर ६.०४ प्रतिशत घटेको थियो भने र रक्सीजन्य पेयमा करिब १२ प्रतिशत बढेको थियो । यस वर्ष समग्र मूल्यवृद्धि दर ६.८२ प्रतिशत पुगेको छ । गत वर्ष यस्तो वृद्धिदर ४.५८ प्रतिशत थियो ।
खडेरीका कारण पछिल्ला महिनामा भारतमा तरकारीको मूल्य अकासिएसँगै त्यसकाे असर नेपालमा परेकाे राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । नेपालको दुई तिहाइ व्यापार भारत केन्द्रित रहेकाले त्यहाँको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव नेपालमा पर्ने राष्ट्र बैंकका प्रवक्ता भट्टले बताए ।































प्रतिक्रिया