काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ईसेवा मनि ट्रान्सफर प्रा.लि. बीच विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ ।
सम्झौता बमोजिम अब इसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको नेपालभर रहेको ८९ वटा शाखाहरुबाट सहज रुपमा भुक्तानी पाउन सकिने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १ सय ३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
अन्तर्राष्ट्रि कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २० प्रतिशत सम्म क्यास हुने योजना सञ्चालनमा रहेको छ ।





























प्रतिक्रिया