काठमाडौं । सिभिल बैंकले आइतबार नवलपरासी जिल्लाको सुनवलमा १०९ औं शाखा संचालनमा ल्याएको छ ।
एक कार्यक्रमबीच सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले संयुक्त रुपमा सिभिल बैंक लिमिटेडको सुनवल शाखाको उद्घाटन गरेका छन् ।
सुनवल शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले सुनवलमा शाखा स्थापना गरेकोमा सिभिल बैंकलाई धन्यवाद दिनुका साथै नगरवासीलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिन आग्रह पनि गरेका छन् ।
सिभिल बैंकको हालसम्म ४ लाख १५ हजार भन्दा बढी ग्राहकहरु छन् । ५२ अर्व भन्दाबढी निक्षेप परिचालन गरी करिब ५० अर्व कर्जा लगानी गरेको र यस बैंकको प्रदेश नं ५ मा यस शाखा समेत गरी १४ शाखा तथा नेपालभर कुल शाखा संख्या १ सय ९ पुगेकोे पनि बैंकले जनाएको छ ।































प्रतिक्रिया