कमल थापाले हेटौंडाबाट शुभारम्भ गरे सक्रिय सदस्यता वितरण अभियान

कमल थापाले हेटौंडाबाट शुभारम्भ गरे सक्रिय सदस्यता वितरण अभियान

केन्द्रबिन्दु
0
Shares

हेटौंडा ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गृहजिल्ला पुगेर सक्रिय सदस्यता बन्ने अभियानको शुभारम्भ गरेका छन् । हेटौंडा १८ हर्नामाडीमा आज आयोजित कार्यक्रममा सक्रिय सदस्य बन्नको निमित्त जिल्ला अध्यक्ष रामहरी न्यौपानेलाई फारम बुझाएर थापाले अभियान शुरु गरेका हुन् ।

राप्रपाको आगामी महाधिवेशन सक्रिय सदस्यताको आधारमा महाधिवेशन प्रतिनिधि हुने नीति अनुरुप पार्टीले सघनरुपमा देशब्यापी सक्रिय सदस्यता वितरण अभियान संचालन गरेको छ। महाधिवेशनमा महिला, मधेसी, सिमान्तक्रीत,दलित, पिछडिएका सबैको सहभागीता सुनिश्चित गरेको समेत सो अवसरमा जनाईएको छ।

कार्यक्रममा बोल्दै थापाले राप्रपालाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियानमा साथ सहयोग र सक्रियताको निमित्त कार्यकर्तालाई आग्रह गरे। मुलुकको बिकास र समृद्धिको निमित्त राप्रपासँग स्पष्ट खाका भएको भन्दै थापाले काङ्ग्रेस र कम्युनिस्टको विकल्प राप्रपा भएको समेत दाबी गरे । कार्यक्रममा बोल्दै नेता मधु अधिकारीले मकवानपुरको विकास र प्रदेश राजधानी हेटौंडा बनाउनमा कमल थापाको महत्त्वपूर्ण भूमिका र योगदानको कदर गर्नु पर्ने आवश्यकता औल्याए।

सो अवसरमा अध्यक्ष थापासँगै सक्रिय सदस्यताको लागि नेताहरु मधु अधिकारी, राजाराम बर्तौला, प्रलिता थापा, नवराज बिष्ट, रामहरि न्यौपाने, शिव रिजाल, गुरु सापकोटा लगायतले सक्रिय सदस्यता फारम बुझाएका थिए । देशभर ३ लाख सक्रिय सदस्य बनाउने लक्ष्यका साथ अभियान शुरु गरिएको पार्टीका नेता राजाराम बर्तौलाले जानकारी दिए । राप्रपाको महाधिवेशन आगामी बैशाखमा तोकिएको छ ।

Logo